लेखनाथ सामुदायीक सेवाकेन्द्रको अध्यक्षमा लामिछाने

पोखरा, मंसिर २८ गते । लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवाको सातौ अधिवेशनले त्रिलोचन लामिछानेको अध्यक्षतमा १३ सदस्यीय नयाँ नेतृत्वको चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुंगाना, सचिवमा कृष्ण प्रसाद अधिकारी, सहसचिवमा कमल बस्ताकोटी र कोषाध्यक्षमा गंगा खनाललाई सर्वसम्मत चयन गरेको हो ।

यसैगरी समितिको सदस्यमा सुरजजंग राणा, विनोद बहादुर थापा, शिबबहादुर रानाभाट, बुद्धिसागर पौडेल, बुद्धिमाया थापा मगर, राजु अधिकारी, दिपकनाथ भण्डारी र गणेश प्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राममणि अधिकारीले जानकारी दिए ।
कोभिड १९ का विच सुरक्षा सतर्कता अपनाउँदै शुक्रबार र शनिवार केन्द्रको चौधौं बार्षिक साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न भएको हो ।

नेतृत्वको लागि विगतमा निकै रस्साकस्सी हुँदै निर्वाचन हुने सेवा केन्द्रमा यसपटक भने सर्वसम्मत नेतृत्व चयन भएको हो ।

नयाँ नेतृत्व सर्बसम्मत गराउन निर्वतमान अध्यक्ष रमेश ओझाको संयोजकत्वमा एक सहजीकरणका समिति बनेको थियो ।

सहमति र सहकार्यका साथ नयाँ नेतृत्व चयन भएमात्र केन्द्रको उद्देश्य प्राप्ती हुने भएकाले सर्वसम्मतका लागि प्रयास गरिएको निवर्तमान अध्यक्ष ओझाले बताए । निर्वाचननै भएको भए आउनै पर्ने साथी छुट्न सक्ने हुन सक्थ्यो, त्यसले संस्थाको उद्देश्य प्राप्तीमा सहजता हुँदैनथ्यो । ओझाले भने—“ अनुभवी साथीहरु सहित आएको सर्वसम्मत नेतृत्वले अझ प्रभावकारी काम गर्ने सवैले विश्वास लिएका छौं, यसले संस्थालाई थप गतिशिलता दिनेछ ।”

प्रहरीसँगको समन्वयमा विकृति र विसंगतीको अन्त्य गर्दै, समुन्नत समाज निर्माण गर्ने लक्ष्य लिएको संस्थामा झण्डै पाँचसय सदस्य रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...