अनमोल सहकारीको नवौं साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित शिद्धार्थ चोकमा रहेको अनमोल सहकारी संस्था लिंको नवौं औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ ।

साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले उद्घाटन गर्दै ३ खम्बे अर्थतन्त्र नितिमा रहेको एउटा खम्बा सहकारीलाई विकास गरी मजबुद वनाउनु पर्ने वताए । साथै सहकारीहरुले हाल कसरी कार्य गरिरहेका छन् र उनिहरुलाई राज्यले कस्तो नितिबाट संचालन गर्ने जमर्को गरेको छ भन्ने विषयमा वोलेका थिए ।

 

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेन अध्यक्ष बद्रिनाथ पहारीले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधव भट्टराईले र लेखा समितिको प्रतिवेदन लेखासमितिका संयोजक कृष्णप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए भने शिक्षा उपसमिति संयोजक मनुराज आचार्यले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए ।

 

सभामा निवर्तमान अध्यक्ष माधब पहारीलाई सम्मान पत्र सहित खादा लगाई सम्मान गरिएको थियो भने उत्कृष्ट वचत कर्ता तुलसीराम वराल, उत्कृष्ट कारोबारमा रमेश पहारी र वेदाकुमारी थापालाई पुरस्कार प्रदान गरिएको थियो ।

 

 

सहकारीका अध्यक्ष बद्रिनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष माधव पहारीले, स्वागत उपाध्यक्ष खेमराज (ध्रुब ) वरालले र संचालन सचिव एकनारायण भण्डारीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...