अख्तियार पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

काठमाडौं, मंसिर २८ /बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका बस्न्यातलाई आइतबार पुर्पक्ष थुनामा राख्न आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको छ । अदालतको आदेशलगत्तै बस्न्यातलाई डिल्लीबजार कारागार लागिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो । बयानका लागि आइतबार विशेष अदालतमा उपस्थित भएका बस्न्यातसँगको बयान र त्यसपछि थुनछेक बहस भएको थियो ।

 

बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको आरोप थियो । यो आदेशमा चित्त नबुझे बस्न्यातले सर्वोच्च अदालतमा निवेदन दिन पाँउछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...