‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६’ पुस २८ गते

पोखरा, मंसिर २८ गते ।नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६’ को मिति घोषणा गरेको छ । यस वर्षको १७ औं पल्सर स्पोर्टस अवार्ड पुस २८ गते आयोजना गर्ने भएको छ । विगत वर्षहरुमा भन्दा यसपालि कार्यक्रम अलि फरक ढंगले गर्ने जमर्को गरेको मञ्चले जनाएको छ । । कोरोना महामारीका कारण सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेमी भर्चुअल माध्यमबाट गरीने भएको छ ।

विभिन्न विधामार्फत खेलाडीहरूलाई वर्षभर प्रदर्शन गरेका आधारमा पुरस्कृत गरीने छ । उनीहरुलाई उत्कृष्ट प्रदर्शन दिलाउन योगदान दिने प्रशिक्षक पनि सम्मानित हुनेछन। साथै नेपाली खेलकुदमा विशेष योगदान पु¥याउने खेलकर्मीलाई पनि स्पोट्र्स अवार्डबाट सम्मानित गरिने छ । विगत वर्षमा कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गर्दै आएको कार्यक्रम यसपालि सातदोबाटोस्थित कराँते हलमा सेमी भर्चुअलको माध्यमबाट गरीने भएको छ ।

 

पल्सर स्पोर्टस अवार्डमा १० विधामा अवार्ड प्रदान गदै आएको मञ्चले यस वर्ष एक नयाँ विधा थप गरेको छ । गत वर्ष थपिएको विधा इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डलाई यस वर्ष पनि निरन्तरता दिने छ ।विगतका वर्षमा जस्तै यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मानित गर्ने छ ।

वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिने मञ्चले जनाएको छ । मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको बताइएको छ । ती विधामा खेलाडीको मनोनयन चाँडै सार्वजनिक गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लाइफटाइम, पारा र टिम अफ दी इयरको अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।विगतमा झै वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने गरिने छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षतामा अवार्ड मूल आयोजक समिति गठन गरिएको छ । मञ्चका सचिव गोविन्द रेग्मीको संंयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ । अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन समेत गरिएको मञ्चले जनाएको छ । ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...