काँग्रेसको देशब्यापी प्रर्दशन आज, चार वर्षपछि सडकमा

पोखरा, मंसिर २९ गते । नेपाली काँग्रेसले आज देशब्यापी प्रर्दशन गदैछ । सरकारका विरुद्ध काँग्रेसले आफनो शक्ति प्रर्दशन गर्न लागेको हो । स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनपछि काँग्रेसले पहिलो पटक सरकार विरुद्ध सडकमा प्रर्दशन गर्न लागेको हो । देशमा संविधान निर्माण भएर तीन तहका सरकार बनेपछि काँग्रेस सडकमा निस्केको पहिलो पटक हो ।

आफना बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँका पुल उद्घाटनमा जादाँ प्रहरीले पक्राउ गरेपछि काँग्रेले सरकार विरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको थियो । काँग्रेसले झण्डै चार वर्षपछि सडकमा आफना कार्यकता उत्र्तादै छ । काँग्रेसको आजको प्रर्दशन सरकार विरुद्ध शक्ति प्रर्दशनका रुपमा लिइएको छ । सरकारप्रति जनताको अविश्वास रहेको भन्दै काँग्रेसले जनताको ब्यापक साथ पाउने अपेक्षा गरेको छ । तर उसले आज गर्ने प्रर्दशनले सरकारलाई सचेत गराने अपेक्षा गरेको छ । यसैवीच काँग्रेस कास्कीले पोखरामा प्रदर्शन गदैछ । प्रर्दशनको तयारी पूरा भएको जनाएको छ ।

वडा तह देखि नै प्रदर्शन केन्द्रीत हुने जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेका छन् । पोखरामा वीपी चोकबाट प्रदर्शन शुरु हुने कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । प्रदर्शन महेन्द्रपुल हुँदै पृथ्वीचोकमा पुगेर विरोध सभामा परीणत हुने छ ।

कास्की काँग्रेसले प्रदर्शनका सहभागीलाई अनिवार्य मास्क लगाउन, बेला बेलामा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । विरोध सभालाई नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम छ । काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...