एसियाकप २०२३ र विश्वकप फुटबल २०२२ छनोटको तयारी सुरु

काठमाडौं, मंसिर २९ गते । राष्ट्रिय फुटबल टोलीले विश्वकप फुटबल कतार २०२२ को दोस्रो चरणको एसिया लिग छनोटको तयारी सुरु गरेको छ । एसियाली फुटबल संघले दोस्रो चरणको छनोट खेलको तालिका गत साता सार्वजनिक गरेपछि नेपालले तयारी थालेको हो ।

अखिल नेपाल फुटबल संघले घरेलु मैदानमा हुने दोस्रो चरणको विश्वकप छनोटका लागि तयारी सुरु गरेको हो । एन्फाले दुई साता अघि विश्वकप छनोटको दोस्रो चरणको खेलको तयारी स्वरुप बन्द प्रशिक्षणका लागि ५८ जना खेलाडीको सूची सार्वजनिक गरेको थियो । सूचीका खेलाडीलाई लिएर आइतबारबाट तयारी सुरु गरिएको छ । प्रशिक्षणबाट एन्फाले छनोट खेलका लागि खेलाडी चयन गर्नेछ ।

नेपालले विश्वकप फुटबल कतार २०२२ र एएफसी एशिया कप २०२३ चीनको लागि दोस्रो चरणको छनोट खेल्नेछ । पहिलो चरणको छनोट कोभिड–१९ महामारी सुरु भएकै बेला सम्पन्न भएपनि दोस्रो चरणको छनोट खेल महामारीले प्रभाबित बनेको हो । कात्र्तिकमै हुने निर्धारित दोस्रो चरणको खेल आगामी चैत्तमा हुनेछ ।

एसियाली फुटबल संघले सार्वजनिक गरेको तालिका बमोजिम चैत्त १२ गते चाइनिज ताइपेइसँग र चैत्त १७ गते अष्ट्रेलियासँग नेपालले घरेलु मैदानमा स्पर्धा गर्नेछ । जोर्डन विरुद्धको खेल आगामी जेठमा हुनेछ ।

छनोटमा अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसँगै नेपाल समूह बीमा रहेको छ । अष्ट्रेलियाले पहिलो चरणको आफ्नो सबै खेल जितेर १२ अङ्कसहित पहिलो स्थानमा छ भने कुवेत र जोर्डन सामान १० अङ्कसहित दोस्रो र तेस्रो तथा नेपाल चौथो स्थानमा छ । नेपालले चाइनिज ताईपेइ विरुद्धको खेल जितेर तीन अङ्क बटुलेको छ । चाइनिज ताइपेइ भने अङ्कविहीन हुँदै पूछारमा छ ।

नेपालले घरेलु मैदानका लागि निर्धारित कुवेत विरुद्धको दोस्रो चरणको पहिलो खेल तटस्थ भूमी भुटानमा खेलेको थियो । जसमा १–० को हार बेहोर्यो ।प्रमुख प्रशिक्षक योहान कालिनले राजिनामा गरेपछि बालगोपाल महर्जनलाई कार्यवाहक प्रमुख प्रशिक्षक नियुक्त गरिएको छ । महर्जन बन्द प्रशिक्षणमा प्रशिक्षकको भूमिकामा रहनुभएको छ ।

छनोटमा अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसँगै नेपाल समूह बी मा  छ । अष्ट्रेलियाले पहिलो चरणको आफ्नो सबै खेल जितेर १२ अङ्कसहित पहिलो स्थानमा छ भने कुवेत र जोर्डन सामान १० अङ्कसहित दोस्रो र तेस्रो तथा नेपाल चौथो स्थानमा छ । नेपालले चाइनिज ताईपेइ विरुद्धको खेल जितेर तीन अङ्क बटुलेको छ । चाइनिज ताइपेइ भने अङ्कविहीन हुँदै पुछारमा छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...