चौबीस घण्टामा ८२१ सङ्क्रमित थपिए

चौबीस घण्टामा ८२१ सङ्क्रमित थपिए

काठमाडौं, मंसिर २९ गते । नेपालमा कोरोना भाइरसका ८२१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४९ हजार २४४ पुगेको छ ।

 

एक हजार पाँचसय जना निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३६ हजार ५७३ जना सङ्क्रमित निको भएका छन् ।

 

मन्त्रालयका अनुसार हाल दश हजार ९५५ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निकाे हुने दर बढिरहेकाे छ । अहिले नेपालमा निकाे हुने दर ९४.९२ प्रतिशत रहेकाे छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार ४२३ जनाकाे आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । नेपालमा अहिले ४७१ जना क्वारेन्टिनमा  छन् ।

 

पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७१८ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...