६५ बर्षीय क्यान्सर पीडित नेपालीलाई आमा समुहको सहयोग

गण्डकी, २९ मंसीर । घाँटीको क्यान्सर पीडित शंकर नेपालीलाई शुभकामना आमा समुहले आर्थिक सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्राका ६५ बर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समुहले ११ हजार ६४५ रुपैया आर्थिक सहयोग गरेको हो ।


नेपालीको निवासमा आज आयोजित एक कार्यक्रमका बीच शुभकामना आमा समुहकी अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सर पीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण भयो ।सबैको सहयोगले क्यान्सर जस्तो रोगसंग लडि रहनु भएका नेपालीको उपचारमा सहयोग पुग्ने उदेश्यका साथ समुहले सानो भएपनि सहयोग गरेको उपस्थित आमा समुहको सामुहिक धारणा रहेको छ ।

ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्दै आउनु भएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । बन्दाबन्दीसंगै उहाँँले बाँसका बिभिन्न सामग्री बनाएर बिक्री गर्दै आउनु भएको थियो ।कमाउने श्रीमानलाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा तीन लाख रुपैया भन्दा बढी खर्च भई सकेको उहाँकी श्रीमती रत्नकुमारी नेपालीले गहभरी आँसु पारेर दुखेसो सुनाउनुभयो ।

यसअघिको उपचारमा स्वास्थ्य विमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगेपनि आगामी दिनमा उपचारको लागि कुनैपनि विकल्प नभएको भन्दै उहाँले बिभिन्न संघसंस्था एवम् व्यक्तिसंग सहयोगको अपिल गर्नुभएको छ ।

कोरोना भाइरसको कारण मुलुकमा बन्दाबन्दी भएसंगै श्रीमानले बाँसका चोयाका सामग्री बनाएर बिक्री गर्नु र आफु तरकारी खरिद बिक्री गर्दै आउनुका साथै छोराछोरीले पनि मजदूरी गरेर उहाँको सिंगो परिवार चल्दै आएको उहाँको ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...