अहिले आन्दोलन र जुलुस गर्ने बेला हैन ः सांसद पहारी

पोखरा, मंसिर २९ गते ।गण्डकी प्रदेशका सांसद राजीव पहारीले अहिले देशमा आन्दोलन गर्ने बेला नभएको बताउनुभयो भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ५ मालेपाटनमा रहेको बाराही माध्यमिक विद्यालयमा विद्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, देशमा निर्माणको युग सुरुवात भएकाले अहिले आन्दोलनका नाममा जुलुस गर्ने बेला नभएको बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारका गतिविधि विरुद्ध सोमबार देशब्यापी प्रर्दशन र सभा गरेको थियो । सांसद पहारीले आन्दोलन जुलुस गर्ने बेला नभई निर्माण विकास गर्ने बेला भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सुरुवात भएको मुलुकलाई सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्र्ने ढंगबाट अगाडी बढने बेला हो भन्नुभयो ।

 

ओलीको नेतृत्वमा लक्ष्य समाजबादको यात्रा समृद्धिको दिशाबाट देश अगाडी बढेको बताउदै कास्की जिल्लामा भएका विकासलाई नियाल्न समेत आग्रह गदै भन्नुभयो,ै २० औ वर्ष पयत्न गर्दा पनि नभएका ठाँउमा पुल बनेका छन् । महानगरभित्रै पानी लिन घण्टौ लाग्ने अवस्थाको अन्त्य गदै एक घर एक धाराको अभियानले सार्थकता पाएको छ । उज्यालो अभियानले मुर्तरुप पाएको छ बताउनुभयो । उहाँले अलपत्र परेका राष्टिय गौरवका आयोजना धमाधम निर्माण भैरहेको बताउदै पोखरा विमानस्थल निर्माणले तिव्रतासंगै अन्तराष्टिय शहरसंग जोडिन लागेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...