मिगौला पीडित खनाललाई वचाउन आर्थिक संकलन समिति गठन

पोखरा,मंसिर ३० गते । मिर्गौला पिडित युद्धप्रसाद खनाल (गोविन्द) लाई उपचारका लागि आवश्यक रकम संकलनको लागि नजिकका नातेदार तथा छिमेकीले मिर्गौला पिडितलाई वचाउन आर्थिक संकलन समिति गठन गरेका छन् ।

 

पोखरा १४ चाउथे निवासी कृष्णकुमार खनालको संयोजकत्वमा गठन गरिएको समितिमा पोखराबाट विनिता खनाल र दिनेश गौतम, चितवनबाट हिमानी कँडेल र सन्दिप खनाल, स्याङ्जा वालिङबाट नितु गौडेल र दिर्घनारायण डुम्रे सदस्य रहेका छन् ।

 

सवारी चालकको पेशा गर्दै आएका स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं. १०, मदीखोला निवासी युद्धप्रसाद खनाल ४७ वर्षका भए । आर्थिक अवस्था अत्यन्तै कमोजार भएका उनको दुबै मृगौलामा समस्या आई विभिन्न अस्पतालहरुमा उपचार गर्दा लाखौं खर्च भइसकेको छ ।चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेकोमा हाल भरतपुर अस्पतालमा भर्ना भएका खनालको मिर्गौला प्रत्यारोपण गर्न २५÷३० लाख खर्च लाग्ने डाक्टरहरुले वताएको संयोजक कृष्ण कुमार खनालले वताए ।

 

हालसम्म सामाजिक संजाल तथा व्यक्तिगत रुपमा ३ लाख संकलन भइसकेको र सहयोग आउनेक्रम जारी रहेकोले सहयोग गर्न इच्छुकले नवलपरासीको दलदलेमा रहेको ग्लोबल आइएमइ बैंकको दलदले शाखाको खाता नं. एम १०७०१०००७११९ मा रकम जम्मा गर्न सक्नु हुनेछ भने विरामी स्वयम्लाई सहयोग गर्नको लागि सम्पर्क नं विरामीको ९८५६०३१२६३ र कृष्णकुमार खनालको ९८२७१४६६४७ मा फोन गर्न सकिने मिर्गौला पिडितलाई वचाउन आर्थिक संकलन समिति सदस्य विनिता खनालले वताईन।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...