संवैधानिक परिषद् बैठकलगत्तै प्रधानमन्त्री शितल निवास पुगे

३० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् ।

बालुवाटारमा संवैधानिक परिषदको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

मंगलबार सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशको व्यवस्थाअनुसार प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थितिमा बैठक बसेको थियो ।

गएको वैशाखमा जारी गरेर फेरि फिर्ता गरिएको अध्यादेश ल्याइएपछि सत्तारुढ नेकपाभित्रै चर्को विरोध भइरहेको छ भने प्रतिपक्षी दलका नेताहरुले पनि आपत्ति जनाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...