मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलाडीलाई नगद सहित सम्मान गर्ने

पोखरा, पुस १ गते । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले खेलाडीलाई सम्मान गर्ने भएको छ । बिहिबार पोखरा रंगशालामा वृहत् रक्तदान सहित खेलाडी सम्मान कार्यक्रम आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका गण्डकी प्रदेश संयोजक राजेशकुमार गुरुङले १३ औ सागमा पदक विजेता खेलाडीलाई सम्मान पदक जिते सम्मान गर्ने बाचा गरेको बताउदै बाँचा पुरा गर्न लागेको बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य गुरुङले एकेडेमीले रक्तदान संगै खेलाडी सम्मानलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो ।

एकेडेमीले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिसका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सनिल शाहीलाई सुनको पदक सहित तिन जना खेलाडीलाइ आधा तोला सुन बरावरको रकम र सम्मानपत्रबाट सम्मान गर्ने भएको छ । त्यसैगरि साग अन्तरगत पोखरामा भएका ८ वटा प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने संघसंस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यसै गरि खेल्ने क्रममा घाइते भई हाल उपचारर्थ खेलाडी तथा दिवङ्गत भएका खेलाडीका परिवारलाई सहयोग गर्ने कार्यक्रम रहेको संयोजक गुरुङले जानकारी दिनुभयो । हालै निधन हुनुभएका प्याराग्लाइडिङका पाइलट, वडी विल्डिङ तथा क्योकिशन कराते खेलाडी स्व.राजु गैरे (नेपाली)को परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ, पोखरामा रहि महिला भलिवल खेलाडी उत्पादन गर्न अहम भूमिका खेल्ने पूर्व भलिवल खेलाडी तथा प्रशिक्षक समेत रहेका जिवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँ, गत वर्ष सम्पन्न ढोरपाटन महिला राष्टिय भलिवल प्रतियोगितामा खेल्ने क्रममा घाइते भएकी राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ रुपैयाँ, पोखरामा भएको क्लव स्तरिय क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैयाँ, टेनिसका खेलाडी स्व.सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० रुपैयाँ आर्थिक सहयोग गर्ने गुरुङले जानकारी दिनुभयो ।

 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा एकेडेमीका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठको समेत सहभागिता रहने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...