७३६ सङ्क्रमित थपिए

काठमाडौं, पुस १ गते । नेपालमा कोरोना भाइरसका ७३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ५० हजार ९१६ पुगेको छ ।पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले हालसम्म १८ लाख ४९ हजार १३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।हालसम्म दुई लाख ३८ हजार ५६९ जना सङ्क्रमित निको भएका छन् ।

 

मन्त्रालयका अनुसार हाल नौ हजार ७५७ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निको हुने दर बढिरहेको छ । अहिले नेपालमा निको हुने दर ९५.०८ प्रतिशत छ । नेपालमा अहिले ४५२ जना क्वारेन्टिनमा छन् ।पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७४३ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...