विश्व पावरलिफिटिङमा पदक विजेता खेलाडीलाई पोखरामा नगर परिक्रमा सहित सम्मान

पोखरा, पुस १ गते । पोखरा, मंसिर २३ गते । विश्व पावरलिफटिङ–२०२० प्रतियोगितामा स्वर्ण विजेता खेलाडीलाई नगर परिक्रममा सहित सम्मान गरिएको छ । नेपाल पावरलिफिटिङ एशोसिएनले खेलाडीहरुलाई पोखरा बजार नगर परिक्रममा सहित सम्मान गरेको हो ।

पोखरा रंशालाबाट सुरु भएको र्याली पृथ्वीचोक, सभागुहचोक, न्यूरोड, महेन्द्रपुल, नयाँ बजार हुदै पूर्न रंगशालामा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो । एमोचियर पावर लिफ्टिङ फेडेरेसन अफ ईण्डियाद्वारा भारतको नागपुरस्थित अमराबतीमा डिसेम्बर ४ देखि ७ तारिखसम्म आयोजना भएको प्रतियोगितामा नेपाली खेलाडीले तीन स्वण र एक रजत पदक जित्न सफल हुनुभएको थियो ।

प्रतियोगितामा सहभागी सिनियरतर्फ हसन गुरुङ, जुनियरतर्फ आशिष आले मगर र श्रुति कार्कीले स्वर्ण पदक र सिनियर तर्फ राजेश सुवालले रजत पदक प्राप्त गर्न सफल हुुनुभएको थियो । पदक विजेता खेलाडी सहित अफिसियल जीवन गिरी र केदारमान स्थापितलालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, नेपाल पावरलिफिटिङ एशोसिएनका अध्यक्ष सुन्दर भुषालले सम्मानपत्र सहित सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रमा बोल्दै परिषद सदस्य राजेशकुमार गुरुङले पदक विजेता खेलाडीलाई परिषदबाट सम्मानका लागि पहल गर्ने बताउनुभयो । उहाँले खेलाडीले देशका लागि पदक जितेर ल्याएपनि राज्यले उचित संरक्षण गर्न नसकेको बताउदै आगामी दिनमा खेलेर बाँच्ने अवस्था सृजना गर्न परिषद लागेको बताउनुभयो । उहाँले केही संघहरु विदेश जानका लागि खोल्ने गरिएको बताउदै त्यस्तालाई परिषदले पहिचान गर्ने बताउनुभयो । उहाँले झोले संघहरुका कारण नेपाली खेलकुदले सफलता प्राप्त गर्न नसकेको बताउनुभयो । नेपाल पावरलिफिटिङ एशोसिएनका अध्यक्ष सुन्दर भुपालले पदक विजेता खेलाडीहरुको सम्मान र हौसालाका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले देशका लागि पदक जिताउने खेलाडहीहरुलाई राज्यले संरक्षण गर्नुपर्ने बताउदै खेलकुदलाई अन्य पेशामा जस्तै जीवनयापनका लागि वातावरण सृजना गनुपर्नेमा जोड दिनुभयो । उहाँले खेलाडीहरुको हौसाल बढाउन र खेलेर बाँच्न सकिने ग्यारेन्टी हुनुपर्नैमा जोड दिनुभयो । कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले खेलाडीले पदक जितेर नेपाली खेलकुदका लागि महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले पावर लिफटिङ खेलका लागि धेरै मेहनत गरेको बताउनुभयो ।

 

एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष तथा नेपाली टिमका अफिसियल जीवन गिरीले खेलाडीलाई सम्मान सहित बाँच्ने आधार चाहिने बताउनुभयो । कोरोना भाइरसको त्रासमा समेत खेलाडीले भारतमा गएर पदक जितेको बताउदै सम्मानले मात्रै नहुने बाच्नका लागि पैशा चाहिने बताउनुभयो । पदक विजेता खेलाडी हसन गुरुङले पहिलो सहभागीतामै पदक जित्दा खुशी लागेको बताउनुभयो ।

 

नेपाल पावरलिफिटिङ एशोसिएन कास्कीका अध्यक्ष राजुकुमार थापाले खेलाडीले गरेको मेहनतले पदक जितेको बताउदै पावर लिफटिङ खेललाई नबौ राष्ट्रिय खेलकुदमा समावेस गर्न राखेपसंग आग्रह गर्नुभयो । नेपाल पावरलिफिटिङ एशोसिएनका अध्यक्ष सुन्दर भुपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तेज गिरीले गर्नुभएको थियो । प्रतियोगितामा २५ देशले सहभागिता जनाउने प्रतिबद्धता गरेपनि कोरोना भाइरस संक्रमणका कारण दक्षिण एसियाका ११ देशले सहभागिता जनाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...