पोखराको रामकृष्णटोलबाट ठूलो परिमाणमा लागुऔषध सहित दुई पक्राउ

पोखरा, पुस १गते ।कास्की प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ४ रामकृष्ण टोल बस्ने बर्ष ३३ को कुमार श्रेष्ठ र भक्तपुर जिल्ला स्थायी घर भई हाल पोखरा वडा ४ रामकृष्ण टोल बस्ने बर्ष ४५ को लक्ष्मी कृष्ण भासिमालाई पक्राउ गरेको छ ।

उनीहरले लुकाई छिपाई लिएर हिडिरहेको अवस्थामा लागूऔषध डाईजापाम ११३ एम्पुल, फेनेरागन ११३ एम्पुल, बु्रफिन ११३ एम्पुल गरी ३३९ एम्पुल लागुऔषध र मोवाईल थान २ समेत बरामद गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...