पोखरा महानगरस्तरीय जेष्ठनागरिक समितिको अध्यक्षमा भुपेन्द्र गिरी

गण्डकी, पुस १ गते । जेष्ठनागरिकको हक, हित र अधिकारको सुनिश्चित गर्ने उदेश्यका साथ पोखरा महानगरस्तरीय जेष्ठनागरिक तदर्थ समिति गठन गरिएको छ ।पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित पोखरा वृद्धाश्रममा भएको एक भेलाले भुपेन्द्र गिरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

तस्विर एजेन्सी ।

सो समितिको उपाध्यक्षमा ललित बहादुर भण्डारी, सचिव टोपराज ढुङ्गाना, कोषाध्यक्ष सुष्मा लामिछाने तथा सदस्यहरुमा शान्तमणी सुवेदी, विश्वनाथ पराजुली, लिलाधर भट्टराई,राजेन्द्रनिधी कोइराला, रोम शाक्य, गोविन्दकुमार श्रेष्ठ र ऋतुनाथ आचार्य रहनु भएको छ ।राष्ट्रिय जेष्ठनागरिक महासंघ गण्डकी प्रदेश अध्यक्ष कुसुमकेशव पराजुलीले सो भेलाको उद्घाटन गर्दै जेष्ठनागरिक सम्वन्धी संवैधानिक व्यवस्थाको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आमा एग्रोका प्रवन्धनिर्देशक आरती त्रिपाठीले प्रत्येक घरपरिवाले जेष्ठनागरिकलाई माया ममता सहित खाद्य पोषणमा ध्यान पु¥याउनु पर्ने आवश्यकता औल्याउनुभयो । समितिको पहिलो बैठकले पोखरा महानगरपालिकाका ३३ वटै वडामा समिति गठन गरेर जेष्ठनागरिक दिवा सेवा केन्द्र स्थापना गरि सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...