पोखरा २३ बाम्दीमा भलिबल प्रशिक्षण केन्द्र

पोखरा, पुस २ गते । पोखरा महानगरपालिकाको वडा नम्वर २३ मा भलिबल प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको छ । राष्टिय खेलकुद परिषद र स्थानीय श्रमदानबाट निर्माण भएको भलिबल कोर्टमा शिद्ध बराह भलिबल प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिनुभयो । करिव ५५ लाख रुपैयाँको लागतमा भलिबल कोर्ट निर्माण भएको छ ।

पोखरा २३ महानगरपालिका भएपनि अहिलेसम्म एक इन्च पीच छैन् तर अन्तराष्टियस्तरको भलिबल मैदान निर्माण भएको छ ।भलिवल प्रशिक्षण केन्द्रको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले गर्नु भयो । भलिबल प्रशिक्षण केन्द्र सञ्चालनले भलिबल खेलको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

 

पोखरा २३ का अध्यक्ष विष्णुप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली लगायतले भलिबल प्रशिक्षण केन्द्रको शुरुवातले बाम्दी भलिवल खेल मैदानको थप विकास र विस्तारका लागि समेत बाटो खुलेको बताउनुभयो ।प्रशिक्षण केन्द्रमा महिला २० तथा पुरुष २२ जना ४२ जनाले प्रशिक्षण लिइरहेको प्रशिक्षक देवराज पराजुलीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...