मदन भण्डारी स्पोर्टस एकेडेमीद्धारा पदक विजेता खेलाडी, पत्रकार, संघसस्थालाई नगद सहित सम्मान

पोखरा, पुस २ गते । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले १३ औ सागमा पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गरेको छ । एकेडेमीले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता नेपाल पुलिसका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सनिल शाहीलाई नगद ५१ हजार, पदक र सम्मापनत्रले सम्मान गरेको छ ।


भलिवल खेलाडी तथा प्रशिक्षक समेत रहनु भएका जिवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँ, गत वर्ष सम्पन्न ढोरपाटन महिला राष्टिय भलिवल प्रतियोगितामा खेल्ने क्रममा घाइते हुनुभएकी राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरेको छ । यता पोखरामा भएको क्लव स्तरिय क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ ।


त्यस्तै एकेडेमीले प्याराग्लाइडिङका पाइलट, वडी विल्डिङ तथा क्योकिशन कराँते खेलाडी स्व.राजु गैरे (नेपाली)को परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ र टेनिसका खेलाडी स्व.सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । त्यस्तै कराँते खेलाडीका खेलका प्रशिक्षक शिव गुरुङ र सुष्मी श्रेष्ठलाई ८ हजार सहित सम्मानपत्रले सम्मान गरिएको छ ।


प्याराग्लाइडिङका पाइलट नेपालीको गत महिना प्याराग्लाईडिङ उडने क्रममा मृत्यु भएको थियो भने नगरकोटीको फेवातालमा डुबेर मृत्यु भएको थियो । एकेडेमीले १३ औ सागमा पोखरामा सम्पन्न आठ खेललाई सफल बनाउन भूमिका खेल्ने संघसंस्था तथा पत्रकारहरुलाई सम्मान गरेको छ । खेलकुद पत्रकार मञ्च गण्डकीलाई २१ हजार, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशलाई २१ ह्जार र नेपाल पत्रकार महासंघ कास्कीकालाई २१ हजार सहित सम्मानपत्रले सम्मान गरिएको छ । त्यस्तै पत्रकारहरु एमबी आस्थालाई १३ हजार पाँच सय, सन्देश श्रेष्ठलाई ११ हजार पाँच सय, पत्रकार नारायण कार्कीलाई ८ हजार, केशव पाठकलाई ८ हजार र सम्मानपत्रले सम्मान गरिएको छ ।

 

पत्रकार कृष्ण दवाडी, दिपक परियार, दिननाथ बराल, फोटो पत्रकार सुर्दशन रञ्जित, उमेश पुनलाई नगद ५ हजार सहित सम्मान गरिएको छ । एकेडेमीले पोखरा रंगशालामा सहयोगीका रुपमा कार्यरत श्याम बिक र विभा विकलाई नगद ८ हजार र पाँच हजार सहित सम्मान गरेको छ ।

त्यस्तै विश्व पावरलिफटिङ–२०२० प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरु हसन गुरुङ, आशिष आले मगरलाई नगद ७ हजार पाँच सय रुपैयाँ, प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने रजत पदक विजेता राजेश सुवाललाई नगद ५ हजार र सम्मापत्र प्रदान गरिएको थियो । त्यस्तै १३औ सागका पोखरामा सम्पन्न ८ खेलका लागि गठन गरिएका उपसमितिमा रहेर संयोजकको भुमिका निर्वाह गर्नुभका सुर्यबहादुर भुजेल, तोरण बानियाँ, विष्णु केसी, सम्पन्न श्रेष्ठ, पदम खड्का लगायतलाई सम्मान गरिएको थियो ।

 

सम्मानित सवैलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेशकुमार सिलवाल, मदन स्पोर्टस भण्डारी एकेडेमीका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठ, प्रदेश सांसद मोहन रेग्मी, पुष्पा केसी भण्डारी, ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङ, मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष माधव बास्तोला लगायतले सम्मान गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...