कास्कीको अन्नपूर्णका पुरुषको कोरोना संक्रमणबाट मृत्यु

पोखरा, पुस २ गते । गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नम्वर ३ का ६८ बर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबार विहान मृत्यु भएको हो । मृतक पुरुषमा मंसिर २९ गते कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...