नेपाल आउनेले दश दिन अनिर्वाय क्वारेन्टिमा बस्नुपर्ने

पोखरा, पुस २ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रवेश गरेको वा संक्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तीमा दश दिन १० अनिवार्य क्वारेन्टिमा बस्ने व्यवस्था मिलाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गदै संक्रमण पुष्टि भएपछि संक्रमितलाई कम्तिमा दश दिन अनिवार्य आइसोलेसनमा बस्ने व्यवस्था गर्ने निर्णय भएको हुदाँ त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको हो । मन्त्रालयले कुनै पनि अस्पतालले कोभिड १९ बिरामी भर्ना गरी उपचार गरे वापत शुल्क नमाग्न समेत निर्देशन दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...