मन्त्रिपरिषद् बैठक सम्पन्न,अध्यादेश फिर्ताबारे छलफल भएन

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गरेर त्यसलाई प्रतिस्थापन गर्न अर्को अध्यादेश जारी गर्नका लागि बसेको भनिएको मन्त्रिपरिषद् बैठकमा सो सम्बन्धी प्रस्तावमा छलफलनै नभई बैठक सम्पन्न भएको छ ।

विहिवार साँझ पौने ८ बजे सम्पन्न भएको बैठकमा अध्यादेशबारे कुनै प्रस्ताव नआएको एक मन्त्रीले बताए ।अध्यादेश जारी गर्ने प्रस्ताव पनि यसअघि मन्त्रिपरिषद् बैठकमा छलफल नभई प्रधानमन्त्रीले मुख्य सचिवलाई निर्णय लेख्न लगाएर राष्ट्रपति समक्ष पठाइएकोले फिर्ता सम्बन्धी निर्णय पनि सोही प्रक्रियाबाट हुने स्रोतले जनाएको छ ।

नेकपा स्थायी कमिटी बैठकबाटै अध्यादेश फिर्ता लिने निर्णय भइसकेकाले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर सो निर्णय हुन सक्ने ती मन्त्रीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...