एक महिनामा ८९ मुद्धा दर्ता

पोखरा, पुस ३ गते । कास्कीमा एक महिनामा ८९ मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर महिनामा मात्रै विभिन्न अपराधमा संलग्न ८९ जना विरुद्ध मुद्धा दर्ता गरेको जनाएको छ । दर्ता भएका मुद्धा मध्य सबैभन्दा धेरै सार्वजनीक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिक बिरुद्धको कसुरमा १४ मुद्धा दर्ता भएका छन् ।

त्यस्तै बैकिं कसुरमा १३,लागुऔषधमा १०, फुटकर ज्यानमा ८, जवरजस्ती करणीमा ५ मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । त्यस्तै कास्कीमा मंसिरमा ६ जनाले आत्महत्या गरेका छन् भने जुवामा ४ मुद्धा दर्ता भएका छन् । यता सवारी ज्यानमा, अपराधिक उपद्र,ज्यान मार्ने उद्योग,मानव बेचबिखन, बालयौन दुरुपयोग, सवारीबाट अंगभंग,पशुपन्छि सम्वन्धि कसुर,अप्राकृतिक मैथुन, राज्यविरुद्धको कसुर,बालबिबाह, आत्महत्या दुरुसानमा एकएक मुद्धा दर्ता भएका छन् ।त्यस्तै भवितब्य ज्यानमा ३, बहुबिबाहमा ४, जबरजस्ती करणी उद्योेगमा २ मुद्धा दर्ता भएको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...