चार हजार ७८० परीक्षण गर्दा ७१० सङ्क्रमित

काठमाडौं, पुस ४ गते । नेपालमा कोरोनाभाइरसका ७१० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार ७८० जनाको आरटीपीसीआर परीक्षण गर्दा ७१० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म १८ लाख ६६ हजार २१० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल आठ हजार ८४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १७५ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४२ हजार ५६७ जना निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७७७ जनाको मृत्यु दर्ता गरिएको छ ।मन्त्रालयले हाल आठ हजार ८४० जना आइसोलेशनमा रहेको र ४२१ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...