उत्पादनको क्षेत्रमा सहकारीको ध्यान जान जरुरी ःसभापति कोइराला

पोखरा, पुस ४ गते । गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सहकारीले लगानी गर्दा उत्पादनको क्षेत्रमा गर्नुपर्ने बताउनु भएको छ । शनिबार पोखरामा रहेको  परामर्श बचत तथा ऋृण सहकारी संस्थाको सातौं बार्षिक साभारण सभाको उद्घाटन गर्देै उक्त कुरा बताउनु भएको हो ।

समाज रुपान्त्रणमा सहकारीको भुमिका रहने बताउदै सहकारीलाई ब्यस्थित बनाउन सरकारले मर्ज अभियान  शुरु गरेको बताउनु भयो । अब धेरै सहकारी भन्दा पनि गुणस्तरीय सहकारी आबश्यक रहेको उहाँको भनाई थियो ।  कोइरालाले गण्डकी प्रदेश सरकारले बचत तथा ऋृण सहकारीले अनिवार्य ३० प्रतिशत लगानी उत्पादनको क्षेत्रमा गर्नुपर्ने नीतिनै ल्याएर अहिले कार्यान्वयनको चरणमा रहेको जनाउनु भयो ।

साधारण सभाले सहकारीका अध्यक्ष तोयराज गिरीले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष नविन ढकाल क्षेत्रीको कोषाध्यक्षको प्रतिवेदन, प्रकाश आचार्यले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा जन उपभोक्ता सहकारी अध्यक्ष रामकृष्ण ढुङगाना, डल्फिन सहकारी पूर्व अध्यक्ष राजकुमार दुलाल, यातायात ब्यावसायी भानुभक्त अधिकारीले साधारण सभामा एक बर्षको समिक्षा गर्ने दिन भएको बताउनु भयो ।

 

कार्यक्रममा सहकारीका उपाध्यक्ष सुरेशराज पाण्डले स्गावगत मन्तब्य राख्नु भएको कार्यक्रममा स्नेहा गुरुङले सहकारीको सात सिद्धान्त र कार्यक्रमको सञ्चालन सचिव मोहन सुवेदीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...