अमेरिकामा मोर्डनाको खोप प्रयोगका लागि स्वीकृति

काठमाडौं, पुस ५ गते । अमेरिकी सरकारले मोर्डनाको खोप प्रयोगका लागि अनुमति दिएको छ । फाइजर÷बायोएनटेकको खोपपछि अमेरिकामा अनुमति पाउने मोर्डना दोस्रो खोप हो ।अमेरिकी खाद्य तथा औषधी प्रशासनले अमेरिकामा निर्मित मोर्डनाको खोप प्रयोगका लागि आधिकारिक अनुमति दिएको छ । अमेरिकाले मोर्डनाको २० करोड खोप खरिदका लागि सम्झौता गरेको छ । जसमध्ये ६० लाख खोप आपूर्तिको लागि तयारी अवस्थामा राखिएको छ ।


एडभाइजरी प्यानलमा भएको मतदानमा २०–० ले मोर्डनालाई अनुमति प्रदान गर्न मत खसेको थियो । १८ वर्ष र सोभन्दा माथिको उमेरका ब्यक्तिमा मोर्डनाको खोप लगाउँदा ९४ प्रतिशत प्रभाबकारि र सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।कोभिड–१९ को सङ्क्रमणको कारणले अमेरिकामा सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ । अमेरिकामा तीन लाख १३ हजार ५०० जनाको मृत्यु भएको छ । एक करोड ७५ लाख ब्यक्ति सङ्क्रमित भएका छन् ।

मोर्डनाको खोप आपूर्ति गर्न माइनस २० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । जर्मन र अमेरिकी औषधी निर्माता कम्पनी बायोएनटेक र फाइजरको खोपलाई माइनस ७५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । फाइजर झैं मोर्डनाको खोप समेत दुई डोज दिइनुपर्छ । फाइजरको खोपको दोस्रो डोज २१ दिनपछि दिइदा मोर्डनाको खोप पहिलो डोज दिइएको २८ औं दिनमा दिइन्छ ।

मोर्डना क्याम्ब्रिज, मासासुटमा अवस्थित छ । र खोपको अधिकांश मात्रा क्याम्ब्रिज, मासासुटमा नै उत्पादन हुनेछ । फाइजरको खोप जर्मनी र बेल्जियम लगायतका अन्य राष्ट्रहरुमा समेत उत्पादन हुँदैछ ।क्यानाडाले पाँच करोड ६० लाख मोर्डनाको खोप खरिद गर्ने सम्झौता गरेकोमा २० लाख डोज मार्च सम्ममा पाउनेछ । बेलायतले ७० लाख खोपको सम्झौता गरिसकेको छ । यूरोपेली संघले आठ करोड डोज खरिद गर्ने सम्झौता गरेको छ । जापानले पाँच करोड र दक्षिण कोरियाले दुई करोड मोर्डनाको खोप खरिद गर्ने सम्झौता गरेको छ । स्वीटजरल्याण्डले ७५ लाख खोप खरिद गर्ने समझदारी गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...