प्रचण्डले भने ‘ यो के गरेको ? यस्तो अविश्वास पनि गर्ने हो हामीसँग ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कुनै कदम चाल्दैछन् भन्ने जानकारी शनिवारै पाइसकेका नेकपा अध्यक्ष प्रचण्ड मन्त्रिपरिषद बैठकअघि बालुवाटार पुगिसकेका थिए ।

मन्त्रिपरिषदको आकस्मिक बैठकअघिनै प्रधानमन्त्रीलाई भेटेर अप्रीय कदम नचाल्न आग्रह गर्न खोजेका प्रचण्डले ओलीसँग भेट गर्नै नपाएको स्रोतले जनाएको छ ।

 

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले ताजा जनादेशका लागि निर्वाचनमा जाने र संसद बिघटन गर्नुपर्ने कारण सहित सुनाउँदै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको बताए ।

 

केही मन्त्रीले बोल्न खोजे पनि प्रधानमन्त्री बैठकस्थलबाट बाहिरिएको श्रम मन्त्री रामेश्वर राय यादवले बताए । मन्त्रिपरिषद बैठकलगत्तै प्रचण्डसँग ओलीको भेट भएको थियो ।

 

प्रचण्डले ‘तपाईले यो के गरेको ? यस्तो अविश्वास पनि तपाईले गर्ने हो हामीसँग ? भन्दै संसद बिघटनको निर्णय स्वीकार्य नहुने बताए । प्रधानमन्त्री भने केहीबेर प्रचण्डसँग कुरा गरेर शीतल निवासतर्फ लागे ।

साभार नेपालप्रेस अनलाइन

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...