नेकपाकै युवा विद्यार्थीद्धारा पोखरामा प्रधानमन्त्रीको पुल्लादहन सहित प्रर्दशन

पोखरा, पुस ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघठनको प्रस्ताव लगेपछि राजनीति क्षेत्रमा नयाँ हलचल आएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मीक रुपमा मन्त्रीपरिषद्को बैठक आह्वान गदै संसद विघठनको प्रस्ताव बोकेर सितल निवास पुगेपछि राजनीतिले नयाँ रुप लिएको हो ।

संसद विघठनको प्रस्तावसंगै सत्तारुढ दल नेकपाकै कार्यकता सडक आन्दोलनमा उत्रिएका छन् । आफनै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पुत्ला दहन गदै सडक आन्दोलनमा उत्रेका छन् । पोखरामा सत्तारुढ दलकै नेताहरु अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका विद्यार्थी र युवाले ओलीका पुत्लादहन गरेका छन् ।पोखराको महेन्द्रपुलमा अखिल नेपाली स्वतन्त्र विद्यार्थी यूनियन र युवा संघ नेपालका कार्यकताले ओली बिरुद्ध नाराबाजी गदै पुत्लादहन गरेका हुन् ।

 

ओली निकटका विद्यार्थीहरुले सामाजिक सञ्जालमा विरोधको कुनै कार्यक्रम नभएको स्टाटस राखेका छन भने प्रचण्ड माधव नेपाल निटका विद्यार्थी र युवा सडकमै उत्रेर ओली विरुद्ध नाराबाजी गरे ।

 

प्रचण्ड निकटका विद्यार्थी नेता क्षितिज सापकोटाले प्रधानमन्त्री ओलीलाई संसद विघठनको प्रस्ताव फिर्ता लिन चेतावनी दिदै भने, संवैधानिक कु फिर्ता गर्नुस नत्र आन्दोलनको सामना गर्न तयार हुनुस ।

नेता सापकोटाले राणा र राजाका विरुद्ध आन्दोलन गयौ उनले भने, राजालाई नार्गाजुनमा बस्ने ठाँउ दियौ तर केपी ओलीले प्रस्ताव फिर्ता नगरे देशमै बस्न दिदैनौ ।

 

युवा संघका केन्द्रीय सदस्य पूर्ण लामाले प्रधानमन्त्रीले संसद विघठन गरेर संवैधानिक कु गरेको बताउदै सडक आन्दोलन जारी राख्ने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...