कांग्रेसले बोलायो सर्वदलीय बैठक, नेकपाको प्रचण्ड पक्षलाई पनि निम्तो

काठमाडौं । प्रतिनिधिसभा विघटनपछिको अवस्थाबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ ।

अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्ष सहितका दलहरु सहभागी हुने भएका छन् ।आइतवार साँझ पनि सिंहदरवारमा कांग्रेस,जनता समाजवादी पार्टी र प्रचण्ड माधव नेपाल पक्षधर नेकपा नेताहरुको बैठक बसेको थियो ।

उनीहरुले संसद विघटनको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेका छन् । थप रणनीति बनाउन सर्वदलीय बैठक बोलाइएको कांग्रेसले जनाएको छ । बैठकमा नेकपालाई संस्थागत रुपमा बोलाइएको भन्दा पनि प्रचण्ड पक्षलाई निम्ता दिइएको कांग्रेस नेताहरुले बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...