प्रधानमन्त्रीका पक्षमा पोखरामा प्रर्दशन

पोखरा, पुस ६ गते । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रर्दशन भएको छ । सत्तारुढ दल नेकपा निकटका युवा विद्यार्थीले प्रदेश गरे ।

पोखराको मुख्यचोक चिप्लेढुङगामा प्रदेशन गदै आफै पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई जेल हाल्न ओलीलाई आग्रह गरे । प्रचण्डलाई जनयुद्धका नाममा मान्छे मारेको र माधव नेपालाई ललिता निवास प्रकरणमा जेल हाल्न आग्रह गदै युवा संघका उपाध्यक्ष माधव बास्तोलाले भने, ‘प्रधानमन्त्रीज्यू तपाईलाई साथ दिन हामी तयार छौ । रगतको बगाउन तयार छौ । तर अपराधिलाई कालकोठरीमा कोच्नुपर्छ ।’

 

बास्तोलाले प्रचण्डको महाअभियोगले काम नगर्ने बताउदै अव जेल जान तयार रहन चेतावनी दिए । युवा विद्यार्थीले केपी ओली जिन्दाबाद, नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो जस्ता नारा लगाएका थिए ।

 

उनीहरुले २०७४ सालको स्थानीय निर्वाचनमा बद्री पंगेनीले लगाएको सही पनि एमाले, मै पनि एमाले गीत लगाएर नाँचेका थिए । कार्यक्रममा बास्तोलाले भने, मंसिर १० गते कार्यता र जनता कक्षको पक्षमा छन् । त्यो प्रचण्ड र माधव नेपाल पक्षलाई देखाईदिने चेतावनी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...