अविश्वास प्रस्ताव दर्ता समय सभामुखको सचिवालयबाट हेरफेर ?

अविश्वासको प्रस्ताव पुस ५ गते साढे ३ बजे दर्ता भएको थियो : संसद सचिवालयको प्रष्टीकरण

काठमाडौं, पुष ८/संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विहान नभएर दिउँसो साढे ३ बजे दर्ता भएको स्पष्ट गरिदिएको छ । संसद सचिवालयले तत्कालिन सभामुख अग्नी सापकोटाले प्रचण्डको निर्देशनमा जवरजस्ती १० बजेर ५० मिनेटमा प्रस्ताव दर्ता गराउन लगाएका थिए ।

नेकपा दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यसअघि बिहान साढे १० बजे दर्ता भएको भनेर प्रचार गरेका थिए । प्रस्ताव दर्ताको विषयलाई लिएर वादविवाद भएपछि सचिवालयले बुधवार प्रेस विज्ञप्ति प्रकाशित गरेरै दिउँसो साढे ३ बजे भएको जनाएको हो ।

 

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले कार्यव्यवस्था शाखामा दिउँसो साढे ३ बजे दर्ता भएको जानकारी दिनुभयो । राष्ट्रपति विद्या भण्डारीले दिउँसो २ बजेर २१ मिनेटमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस अनुमोदन गर्नुभएको थियो ।

 

प्रचण्ड मेरा लागि संविधान भन्दा माथी भनेर खुलेआम अभिव्यक्ति दिने पूर्वसभामुख सापकोटाले समय किर्ते गराएर जवरजस्ती प्रचण्डका लागि अविश्वासको प्रस्ताव दर्ता गराउन लगाउनु भएको थियो ।

कतिपय सांसदले आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको भनेर सार्वजनिक अभिव्यक्ति दिदाँ पनि सो पक्षले आफुहरुसँग ९० सांसद रहेको दावी गर्दै आएका छन् । संसद सचिवालयको विज्ञप्ती पछि सो पक्ष सत्ता पाउनका लागि कतिसम्म खेल खेल्दा रहेछन् भनेर समेत उजागर भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...