आज क्रिसमस मनाइँदै

काठमाडौँ, पुस १० गते । क्रिसमसको रौनकसँगै रेस्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री तथा सान्टा क्लजको राता लुगाको पहिरनले सजिसजाउ छ ।कोभिड–१९ का कारण विगत आठ महिनादेखि ठप्प बजार विस्तारै खुल्न थालेपछि क्रिसमसको माहोल बनेको हो । डिसेम्बर २५ अर्थात् शुक्रबार क्रिसमस मनाइँदैछ ।


गायिका आस्था राउतले भन्नुभयो, ‘‘विगत आठ महिनासम्म घरमा नै थुनियो अब क्रिसमसमा रमाइलो गर्नुपर्छ । ’’नयाँ सडकस्थित आर्चिज गिफ्टसपका गणेश रेग्मीले पर्वका बेला हुने चहलपहलले व्यापारमा समेत फाइदा हुने बताउनुभयो । भाटभटेनी सुपरमार्केटमा ‘क्रिसमस ट्री’मा फोटो खिचाउनेको भीड छ । राष्ट्रिय ख्रिस्टियन मण्डलीका प्रेम खड्का संविधानमा धर्म निरपेक्षता भएपछि क्रिसमसको उल्लास बढ्न थालेको बताउनुभयो ।


क्रिसमस मनाउन आउने युवापुस्तालाई स्वागत गर्न ठमेल, दरबारमार्गलगायतका स्थान तयारी अवस्थामा छन् । ठमेलस्थित फर एभर क्याफेका निरललित पियाले भन्नुभयो, ‘‘नेपाली युवापुस्तामा क्रिसमस मनाउनु एउटा संस्कृति भइसकेको छ । ’’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...