कुनैपनि हालतमा संसद पूर्नस्थापना हुदैन्ः मुख्यमन्त्री गुरुङ

पोखरा, पुस १० गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि हालतमा प्रतिनिधि सभा पूर्नस्थापित हुन नसक्ने बताउनु भएको छ । राष्ट्रिय युवा संघले पोखरामा आयोजना गरेको युवा भेलामा बोल्दै उहाँले बहुमत प्राप्त प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर संसद विघटनको अवस्थामा पुयाइएको बताउनुभयो । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ । आफनो अधिकार प्रयोग गर्नुभयो उहाँले भन्नुभयो, संसद पूर्नस्थाना सम्भव छैन् ।


उहाँले संसदीय दलको नेतालाई थाहै नदिई जस्केलाबाट संसदमा अविस्वासको प्रस्ताव पेश गरेर संसद विघटनको अवस्थामा पुयाइएको दावी गर्नुभयो । उहाँले नेपाली जनताले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा केपी ओलीलाई दिएको बताउदै अविस्वासको प्रस्ताव दर्ता गरेर जनमतको अपमान गरेको बताउदै भन्नुभयो,‘बहुमत प्राप्त प्रधानमन्त्रीले आफनो विशेष अधिकार प्रयोग गरेर जनताको अपमान हुन निदन संसद विघटन गएिको हो ।’

मुख्यमन्त्री गुरुङले संसद विघटन गरेर राजालाई वा सेनालाई बुझाइएको भए असंवैधानिक र निरंकुश हुने बताउदै भन्नुभयो, सार्वभौम सत्ता सम्पन्न जनताको वीचबाट फेरी अनुमोदन भएर आउने कुरा लोकतान्त्रिक प्रक्रियाको सुन्दर पक्ष भएको बताउनुभयो । उहाँले निर्वाचनमा जानुको विकल्प नभएको बताउदै कार्यकतालाई निर्वाचनको तयारी थाल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा नेता खगराज अधिकारीले नयाँ जनमतमा जाने कुरा प्रतिगामी नभएर अग्रगमन भएको बताउनुभयो । उहाँले बुहमत प्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिने र पार्टीभित्रैबाट असहयोग भएको बताउनुभयो । गण्डकी प्रदेश सभाका सांसद राजीव पहारीले आफना लागि पद प्राप्ति भए ठिक नत्र आन्दोलन गर्ने कुरा उचित नभएको बताए । प्रचण्ड र माधव नेपालले आफनो उद्देश्य पुरा नहुदाँ आन्दोलनमा उत्रेको बताउदै ससद विघटन बाध्यता भएको बताउनुभयो । उहाँले जनता भगवान भएकाले निर्वाचनको विकल्प नभएको बताउनुभयो ।

 

कार्यक्रममा युवा संघका नेता बच्चन सिंह, रमेश पौडेल, माधव बास्तोला, नेकपा नेता कृष्ण थापा, युवा नेता विष्णु पुन लगायतले प्रधानमन्त्री ओलीले बाध्यताले संसद विघटन गरेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...