प्रचण्ड कमरेड लोकप्रियताको मापन गर्ने हो भने हसियाँ हथौडा चुनाव चिन्ह् बोकेर निर्वाचनमा आउनुस ः महेश बस्नेत

पोखरा, पुस ११ गते । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एव पूर्वमन्त्री महेश बस्नेतले नेकपा अध्यक्ष प्रचण्डलाई आफनो लोकप्रियता नाप्न हसियाँ हथौडा चुनाव चिन्ह बोकेर निर्वाचनमा जान चेतावनी दिएनुभएको छ ।

युवा संघले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘लोकप्रियताको मापन गर्ने हो भने सुर्य चिन्ह हैन हसियाँ हथौडा बोकेर निर्वाचन लडनुपर्छ ।’ युवा नेता बस्नेतले केपी ओलीको लोकप्रियताले नेकपाले झण्डै दुई तिहाईको मत प्राप्त गरेको भन्दै उहाँले ‘प्रचण्डलाई हिम्मत छ भने हिजोको एमाले पार्टीको सुर्य चिन्ह छाडेर निर्वाचनमा जानुपर्छ । त्यसपछि उहाँको लोकप्रियता मापन हुन्छ ।’ उहाँले नेकपाको आधिकारीका अध्यक्ष केपी ओली भएकाले सुर्य चिन्ह प्रचण्ड माधव नेपालले नपाउने बताउनुभयो ।

 

नेकपा एकिकरण हुदाँ बनेका समितिहरु बनेको बताउदै ओली नेतृत्वको नेकपाले आधिकारीकता पाउने दावी बस्नेतले गर्नुभयो । उहाँले आफनो लोकप्रियताको मापन अरुको चिन्हबाट गर्ने हैन भन्दै निर्वाचनको विकल्प नभएको समेत स्पष्ट पार्नुभयो । उहाँले सर्वोच्च अदालत र निर्वाचन आयोगले गर्ने निर्णय आफुहरुले स्वीकार गर्ने बताउनुभयो । उहाँले बल्खु र धुम्बाराहीमा छाड्नुपर्ने बताउनुभयो । ‘पेरिसडाँडामा हामी आँखा लगाउदैनौ बल्खु र धुम्बाराही छाड्दैनौ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...