चारसय ८१ जना सङ्क्रमित थपिए

काठमाडौं, पुस १२ गते । नेपालमा कोरोना भाइरसका चारसय ८१ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार १८१ पुगेको छ । हालसम्म १९ लाख नाै हजार ६५४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो चौबीस घण्टामा छ हजार ५५९ जनाको आरटीपीसीआर परीक्षण गर्दा चारसय ८१ जना सङ्क्रमणको पुष्टि भएको जनाउनुभएको हाे । मन्त्रालयका अनुसार हाल छ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा सात सय ३१ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४९ हजार ८६३ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.७८ प्रतिशत रहेको छ ।

पछिल्लो चौबीस घण्टामा छजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८२५ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार ४९३ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...