सिर्जना बहिरा र गुरुकुलमा नेलम्बोद्वारा सहयोग

हेमजा, पुस १३ गते ।पोखरा ४ स्थित नेलम्बो नेपालले पोखरा २६ स्थित सिर्जना बहिरा माध्यमिक विद्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको छ ।कोभिड १९ को विषम् परिस्थितिमा पनि अध्ययन अध्यापन गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको हो।

त्यस अवसरमा ज्वरो नाप्ने थर्मल गन, माक्स, फेस सिल्ड, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, स्प्रे बोतल, साबुन लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो ।संस्थाका अध्यक्ष एकदेव देवकोटाले प्रधानाध्यापक अनिता सिग्देल र विद्यालयका अध्यक्ष ऋषिराम पौडेललाई सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा धारणा राख्दै संस्थाका अध्यक्ष देवकोटाले विशेष अवस्थाका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा स्वास्थ्य सावधानी अपनाएर शिक्षण गर्न साथै शिक्षक विद्यार्थी र कर्मचारीको मनोवल उच्च होस् भन्ने हेतुले सामग्री हस्तान्तरण गरेको बताए।

वडाध्यक्ष नारायण बरालले सहयोग प्रति धन्यवाद प्रकट गरे।विद्यालयमा कसरी स्वास्थ्य सावधानी अपनाएर दैनिक कक्षा सञ्चालन गर्ने भन्ने अन्यौल भएको बेलामा नेलम्बो नेपालले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराए सँगै भौतिक रुपमा विद्यालय सञ्चालन गर्न सकिने आधार तय भएको उनको ठहर छ।

त्यसै गरी नेलम्बोले नदिपुर स्थित महर्षि गुरुकुल वेद विद्याश्रममा विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण पनि गरेको छ।हस्तान्तरण पश्चात बोल्दै संस्थाका अध्यक्ष देवकोटाले संस्कृति संरक्षण र जगेर्ना गर्ने गुरुकुललाई सहयोग गर्न पाउँदा खुशी रहेको बताए।विद्याश्रमका अध्यक्ष पौडेलले सहयोग प्रति आभार प्रकट गरे।उक्त कार्यक्रममा नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले पनि धारणा राखेका थिए।
त्यसै गरी नेलम्बोले कोभिड १९ सम्बन्धी २ दिने सचेतना कार्यक्रम पश्चिाञ्चल माध्यमिक विद्यालय गैह्रापाटनमा सञ्चालन गरेको छ ।उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य प्रबर्धन अधिकृत निर्मला देवकोटा र खोजी अधिकृत समिका बस्नेतले गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...