ओलीले चालेको स्वेच्छाचारी कदम आत्मघाती भएको निष्कर्ष

पर्वत, पुस १३ गते । नेपाल कम्यूनिष्ट पार्टी नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने मागसहित नेकपा पर्वतले जिल्ला भेला गरेको हो । भेलामा ८१ जना जिल्ला कमिटी सदस्यहरुको उपस्थिति थियो ।


भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुप्त बहादुर हमाल ठकुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले चालेको कदमको जति नै भर्सना गरेपनि कम हुने बताउनुभयो । उहाँले केपी शर्मा ओली निरंकुताको मतियार रहेको बताउनुभयो । कार्यक्रममा नेकपा अनुशासन आयोगका पूर्व केन्द्रीय सदस्य गणेश शर्मा पौडेलले ओलीले म नै राज्य हो भन्ने सोचेर चालेको कदम जनता माथिको विश्वसघात भएको बताउनुभयो । पौडेलले जनताको मतलाई प्रधानमन्त्री ओलीले अपमान गरेको बताउँदै निरंकुशताका बिरुद्ध सशक्त रुपमा प्रतिबाद गर्न र संबिधान बचाउन आव्हान गर्नुभयो ।

भेलामा बोल्दै प्रदेश कमिटिका सदस्य मोति पौडेलले केपी ओलीले चालेको कदम पूर्ण रुपमा असंबैधानिक, प्रतिगामी र निरंकुश उन्मुख भएकाले प्रतिनिधी सभा पूर्नस्थापित गर्नुपर्नेमा जोड दिनुभयो । भेलामा नेकपाका नेता कृष्ण प्रसाद पराजुली, प्रदेश कमिटि सदस्य केशब कुँवर, मनरुपा सुबेदी, जेष्ठ कम्यूनिष्ट मन्चका पूर्व सदस्य तोयनाथ चालिसे, नेकपाका नेता उदय सुबेदी लगायतले सम्बोधन गर्नुभयो ।

नेकपा पर्वतका सचिब सुदिप कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन, कार्यालय सदस्य भक्त कुँवर र स्वागत कार्यालय सदस्य पदमपाणी शर्माले गर्नुभएको थियो ।भेलाले ५ बुँदे प्रस्ताब पारित गर्दैै आगामी पुस १४ गते जिल्लामा बिरोध कार्यक्रम सम्पन्न गर्ने भएको सचिबालय सदस्य खुम सुबेदीले जानकारी दिनुभयो । नेकपा विवाद चलिरहेको बेला पर्वतमा भएको यो भेलालाई निकै चासोपूर्वक हेरिएको थियो । पर्वत जिल्लामा माधब नेपाल प्रचण्ड पक्ष बलियो रहेका कारण भेलामा समेत उल्लेख्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । १३५ सदस्यीय जिल्ला कमिटिमा १ सय १० जना नेकपाको संथापन पक्षमा रहेको सचिबालय सदस्य सुबेदीले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...