नेकपा पोखरा–१८ को अगुवा कार्यकता भेला सम्पन्न

पोखरा, पुस १५ गते । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) पोखरा महानगरपालिका वडा नम्वर १८ वडा कमिटीको अगुवा कार्यक्रता भेला बुधबार सम्पन्न भएको छ । भेलालाई नेकपा केन्द्रीय सदस्य एवं पूर्व युवा तथा खेकलकुदमन्त्री जगतबहादुर विश्वकर्माले संसद विघटन बाध्यात्मक भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा आफनै पार्टीका नेताहरुले छापामारशैलीमा अविस्वासको प्रस्ताव दर्ता गरेपछि संसद विघटन गर्नुपरेको बताउनुभयो । उहाँले नयाँ जनमत लिने कुरालाई अन्यथा लिन नहुने बताउदै निर्वाचनको तयारीमा जुटन सबै नेता तथा कार्यकतालाई आग्रह गर्नुभयो । उहाँले आफनो कार्यकालमा खेलकुदमा ऐतिहासिक सफलता प्राप्त गरेको समेत बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं महानगर कमिटि अध्यक्ष दिपक पौडेल, केन्द्रीय सदस्य दामोदर बैरागीले प्रधानमन्त्रीलाई असहयोग गरेर घेराबन्दीमा पारेको बताउदै निर्वाचनमा जुट आग्रह गरे ।

वडा कमिटिका अध्यक्ष पुस्कलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा महिला साना किसान सहकारी संस्थाका अध्यक्ष बिन्दु थापा, टोल बिकास संस्थाको तर्फबाट बुद्धिबहादुर खड्का, महिला अधिकार मञ्च कास्कीका अध्यक्ष कल्पना ढकाल, पोखरा १८ का वडा सदस्य भोज कुमारी थापा, वडा सदस्य युवा नेता हरि लम्साल, नेकपा नेता विष्णु केसी, सुर्य बहादुर खडका, अगरज मोदनाथ रेग्मी नेपाल राष्ट्रिय शिक्षक संगठन महानगर अध्यक्ष बिष्णुहरि त्रिपाठी, बिद्यार्थी नेता लक्षमण तिमिल्सिना, राष्«िटय युवा संघ कास्कीका सहसयोजक डिल्लीराम सुबेदी, युवा नेता सुशील जि.सी र अरुण थापा लगायतले अहिलेको राजनीतिक अवस्थाका बारेमा बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...