लेखनाथ पत्रकारीता पुरस्कारबाट पत्रकार आचार्य सम्मानित

लेखनाथ,पुस १५ गते । लेखनाथ पत्रकारीता पुरस्कार २०७७ बाट नेपाल टेलिभिजनका कास्की संवादाता परशुराम आचार्य शर्मा सम्मानित हुनु भएको छ । कविशिरोमणि लेखनाथ पौडेलको १३७ औं जन्मजयन्तीका अवसरमा आचार्यलाई सम्मान गरिएको हो ।

कवि शिरोमणीको जन्मजयन्तीका अवसरमा बुधवार अर्घौ अर्चलेमा राखिएको मुल समारोहमा आचार्यलाई नगद ११ हजार एक सय ११,सम्मान पत्र र दोसाल्लाले सम्मान गरिएको हो ।वि स २०२४ सालमा कास्कीको भरतपोखरी हाल पोखरा महानगरपालिका वडा नं ३३ मा जन्मनुभएका आचार्यले वि स २०५३ साल देखि नियमीत रुपमा नेपाल टेलिभिजनमा कार्यरत हुनु हुन्छ ।

आचार्यलाई बरिष्ठ साहित्यकार प्रा. डा. रविलाल अधिकारी,पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ्ग, वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेल, जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछाने र लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल र लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले संयत्त रुपमा सम्मान गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै प्रा. डा. रविलाल अधिकारीले शात्रिय धाराका शिखरपुरुष लेखनाथको योगदानको चर्चा गर्दै उनका साहित्यीक कृर्तिहरुमा ब्यक्त भएका भावले समेत कवि प्रगतिवादी सोचका भएको प्रष्ठ पारेका थिए ।

कविको जन्मस्थल अर्घौ अर्चलेलाई साहित्यीक पर्यटकिय क्षेत्रका रुपमा विकास गराउनु पर्नेमा जोड दिदै प्रा.डा. अधिकारीले त्यसको विकासका लागि सवैको साथ र सहयोग आवस्यक पर्ने धारणा राखेका थिए भने कविका कविताले नेपाली जनजीवनको प्रतिनिधीत्व गरेको उनको भनाई रहेको थियो ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २७ वडाअध्यक्ष पुर्ण कुमार गरुङ्गले कविको जन्मस्थल अर्घौ अर्चलेको विकासमा महानगरको तर्फबाट सहयोगी रहिरहने धाराणा राखेका थिए भने वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले आन्तरिक एवंम बाहिय पर्यटनको विकासका लागी साहित्यक स्थल पनि एक भएको विचार राखेका थिए ।

कार्यक्रममा अध्यक्ष लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले सवैको साथ र सहयोगले अर्घौ अर्चलेलाई चिनाउन सकिएको धारणा राखेका थिए भने जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछाने अर्घौ अर्चलेलाई साहित्यीक सृजनाग्रामको रुपमा विकास गराउने योजना रहेको बिचार राखेका थिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, सम्मानित ब्यत्तित्व परशुराम आचार्य,लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, मञ्चका सचिव विष्णुहरि पौडेल,सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष सोमनाथ बास्तोला लगाएतले कबिको साहित्यीक कृतीले सृजना र प्रगतीबाद सोचको विकास गराएको धारणा राखेका थिए ।

सोही अवसरमा सप्तरङ्गी सास्कृतीक प्रतिष्ठानद्धारा स्थापित मधुमाया ढकाल पुरस्कारबाट रञ्जना कुईकेल,सविन अधिकारी फणिन्द्र कुमारी पुरस्कारवाट समिक्षा सुवेदी र चन्द्रकान्त ढकाल शिक्षा पुरस्कारबाट श्रीकृष्ण पौडेललाई सम्मान गरिएको थियो ।

कविशिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोखरा महानगरपालिका वडा नं २७ अध्यक्ष पुर्णकुमार गुरुङ्गले र कार्यक्रम संचालन प्रतिष्ठानका सचिव कृष्ण प्रसाद पौडेलले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...