आयल निगम : पाँच वर्षदेखि नाफामा

काठमाडौं,१५ पुस  । आर्थिक वर्षको पछिल्लो चार महिना इन्धनको बिक्री झण्डै शून्यको अवस्थामा झर्दा पनि नेपाल आयल निगमले झण्डै १३ अर्ब रुपैयाँ खुद नाफा गर्यो । आइतबार सार्वजनिक लेखा परीक्षण प्रतिवेदनअनुसार आव २०७६/०७७ मा निगमको नाफा १२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

जबकी कोरोना भाइरसका कारण गत चैत दोस्रो सातादेखि सुरु भएको देशव्यापी लकडाउनका कारण असार मसान्तसम्म इन्धन बिक्रीमा ठूलो ह्रास आएको थियो । उक्त आव निगमले २ खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर पेट्रोलियम पदार्थ कारोबार गर्यो, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...