चाडपर्वले आत्मियता बढाउने काम गर्छन ः सभापति कोइराला

पोखरा, पुस १६ गते ।कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालीहरुका विभिन्न चाड पर्वहरुले एक आपसमा आत्मियता बढाउने काम गरेको बताउनु भएको छ ।पोखरा महानगर पालिका वडा नंं ३०, गगनगौडामा रहेको गणेश नेवाः खलले योमोरी पुन्हिको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि कोइरालाले अनेकतामा एकता नेपालको पहिचान भएको कुरामा जोड दिनु भयो ।

उहाँले हाम्रा चाडपर्व अनुसारका खानाले पनि शरिरलाई पौष्टिक आहार प्राप्त हुने हुदा नेपालीहरुको चाडपर्व बैज्ञानिक रुपमा पनि महत्वपूर्ण रहेको बताउनु भयो ।गणेश नेवाः खलाका अध्यक्ष दिपकराम ढेवाजुको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष प्रेम लिगल, सल्लाहकार सनतकुमार श्रेष्ठ, संस्थाका पूर्व सचिव नरेशकुमार श्रेष्ठ लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिवाट संस्थाको स्थापनाकाल देखि हाल सम्म संस्थालाई योगदान पु¥याउनुहुने महानुभावहरुलाई प्रमुख अतिथिले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

 

सम्मानित हुनेहरुमा निवर्तमान अध्यक्ष प्रेम लिगल, तुलसी प्रसाद लिगल, नारायण कुमार श्रेष्ठ र मिसाःपुचका सम्पूर्ण सदस्यहरुरहेका थिए ।संस्थाका पूर्व अध्यक्ष होमबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन गणेश नेवाः खलका सचिव मंगलकाजी मानन्धरले गर्नुभएकोक थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...