‘३३ वर्ष आफै टिका लगाउदै आफै अध्यक्ष, अनि लिगेसीका कुरा ःटोपबहादुर रायमाझी

पोखरा, पुस १७ गते । पोखराको सभागृह भरिभराउ थियो । सभागृहमा ओली समुह नेकपाको जिल्लास्तरी अगुवा कार्यकता भेला आयोजना गरिएको थियो । साँढे ११ बज्दै थियो । हलमा मान्छे आउने क्रम ११ बजेबाटै सुरु भयो । कास्की जिल्ल्ला विगतदेखि नै ओलीको पकड जिल्लानै हो । नेकपा एमाले र एमाओबादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यति बेला दुई समुहमा विभाजन भएको छ । अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) माधव नेपाल समुह ।

दुवै समुहले छुटाछुटटै रुपमा बैठक भेला गदै आएका छन् ।शुक्रबार ओली समुहको कार्यकता भेलामा प्रमुख बत्ताका रुपमा पूर्व माओबादी नेता टोपबहादुर रायमाझी थिए । उनले प्रचण्डलाई छाडेर ओली समुहमा आएका हुन् । उनले ओली समुहमा आएपछि उर्जामन्त्री समेत भएका छन् भने गण्डकी प्रदेशको संयोजकको समेत जिम्मेवारी पाएका छन् । उनी विगतको पार्टी छाडेर ओली समुहमा आएकाले उनले के भन्छन् भन्ने चासो सबैमा थियो । उनी बुटवल जानुपर्ने भएकाले छिटो बोल्न दिइयो । उनको भाषणले सभागृहमा उस्थित झण्डै हजार बढि नेकपाका नेता कार्यकता उनका फ्यान भए । नेता रायमाझीले आफु र बादललाई माओबादीको लेगेसी छाडेको आरोप लागेको भन्दै उनले भने, कही विधी प्रक्रृया मान्ने हैन, किन यीनले छोडे, घोका दिए भन्ने । आफ्ना गुरुलेत धोका दिइसके किरण, डा बाबुराम भट्टराई, विप्लवले त छोड्न पर्ने भयो हामी केका लागि बस्ने । पार्टी फुटाउने सरकार ढाल्ने ।


रायमाझीले फेरी थपे ९ वटा सरकार गिराएको मैले देखे, पार्टी त टुक्रा टुक्रा ।जुन पार्टीको नेता ३३ वर्ष सम्म अध्यक्ष हुनुन्छ । कुनै महाधिवेशन चुनावको सामना गर्नु नपर्ने अनि आफै टिका लगाएर आफै घोषणा गर्ने । अनि माओवादली लिगेसीको कुरा गर्ने । उनले गरेको भाषणमा गडगडाहट ताली बजे । उनले प्रचण्डले अध्यक्ष मानेर पार्टी एकिरण गर्ने संसदीय दलको सबैले सर्वसम्मत नेता मानेको हैन् । उहाँले नेता मानेकोलाई नेता मान्दा लिगेसी छाडेको हुन्छ । रायमाझीले प्रश्न गरे उहाँहरुले मान्दा लिगेसी छाडेको नहुने हामीले त्यही संस्थापनालाई मानिरहदा लिगेसी छाडेको हुने ।उहाँले आफुले बनाएको प्रधानमन्त्रीलाई सडकमा पर्छाने कोसिस गरेपछि बाध्य भएर विघटन गरेको बताए । केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट निकालेर सडकमा जान बाध्य पार्न खोज्नेहरु आफै सडकमा जानुभयो । उनले भने, संसद विघटन बाध्यता हो रहर हैन् ।

 

उनले प्रचण्डले आफनो जिम्मेवारी विपरितको काम गरेको समेत बताए । पार्टीको काममा लाग्नुपर्ने ब्यक्ति प्रधानमन्त्री वाहेक केही नदेख्ने । आफ्नो जिम्मेवारी एकातीर छ काम अर्का तिर गर्ने, यसरी चल्छ । आफ्नै नेता र सांसदहरुले सरकार ढाल्ने हर्कत गरे पछि देशमा अस्थिरता र परिर्वतनका सिस्टमनै खत्तम हुने अवस्था भए पछि विघटन गरेर नयाँ जनादेश लिनुको विकल्प थिएन । रायमाझीले भने, निर्वाचनमा जाने भनेको सिस्टमलाई बचाउने कुरा हो । उनको भाषणले सभागृहमा हुटिं र तालीले गुञ्जयमान बन्द धेरै समर्थक बने । धेरैले रायमाझी दोश्रो केपी रहेछन् । राम्रो कडा भाषण गरे । भन्दै सबै हल बाहिर निस्कने । उनले भाषण टुंयाउदै बुटवल जान हलबाट बाहिर निस्कदा उनीसंग फोटो खिचानेहरुको भिड लाग्यो । उनीसंग सेल्फी खिच्न नेकपा कार्यकता तछाड मछाड गरेको दृश्यले उनको भाषणबाट धेरै प्रभावित बनेको पुष्टि हुन्थ्यो । करिव पाँच मिनेट उनीसंग फोटो खिचाउनेहरुको लाइन लाग्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...