गण्डकी प्रदेश प्रहरी गतिविधि तथा घटनाहरू

तनहुँ :  लागूऔषध सहीत मानिस  नियन्त्रणमा

मिति २०७७।०९।१७ गते जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका-१ डुम्रे बजार स्थित पुलचोक खाजा घरमा जिल्ला लमजुङ बेशिसहर नगरपालिका-२शन्तिटोल बस्ने वर्ष २७ को गोबिन गुरुङ र ऐ.७ पुरानो बैकचोक बस्ने वर्ष १९ को विशाल घलेलाई लागूऔषध डाईजोपाम ४७ सेट, नुर्फिन ४७ सेट र फेनरागन ४७ सेट गरी जम्मा १४१ सेट सहित फेला पारीप्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

नवलपरासी (पूर्व) : सवारी दुर्घटना

मिति २०७७।०९।१७ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला नवलपरासी(पूर्व) देवचुली नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आईरहेको लु ३ त ७९१५ नं.को ट्याक्टरको पछाडी भागमा सोही दिशाबाट आइरहेको लु ५५ प ७३२९नं.को मोटरसाईकल ठोक्किन जाँदा मोटरसाईकल चालक ऐ.बस्ने वर्ष १९ को सुभाष पुन मगर घाइते भई उपचारको लागि भरतपुर पठाईएको, अवस्था मध्यम, उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की : सवारी दुर्घटना

मिति २०७७।०९।१७ गते अन्दाजी १०:५५ बजेको समयम जिल्ला कास्की पोखरा महानगरपालिका-१९ अकला मन्दिर स्थितमा भुर्जुङखोलाबाट लामाचौरतर्फ आउँदै गरेको ग ३ प ६६८९ नं.को मोटरसाईकल र ऐ. दिशाबाट आउँदै गरेको ग १० प ५६८० नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा ग १० प ५६८० न.को मोटरसाईकलमा पछाडी सवार पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने वर्ष ४० की लक्ष्मी भुजेल घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाईएको,अवस्था मध्यम, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

राजेन्द्रबाबु रेग्मी

(प्रहरी नायव उपरीक्षक)

मो.न.: ९८५६०८८०९०/

         ९८५१००६२३३

पोखरा         मिति २०७७।०९।१७गते।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...