कास्की पोखरा हस्तकला संघको अध्यक्षमा खड्का सर्वसम्मत चयन

पोखरा, पुस १९ गते ।कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन हुनुभएको छ ।शनिबार एक कार्यक्रमकाबीच संघको १० औँ साधारणसभा तथा तेस्रो अधिवेशनले उपाध्यक्षमा सीता गुरूङ, सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यमा मिम राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मिरा पौडेल चयन हुनुभएको छ भने संघको सल्लाहकारमा चित्रकार मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन हुनुभएको छ ।

पछिल्लो समय हस्तकलाका सामानको माग बढी रहेको भन्दै यस क्षेत्रमा सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष दिपक श्रेष्ठले बताउनुभयो ।‘हस्तकला एक सृजनात्मक क्षेत्र हो, यसलाई प्रवद्र्धन गर्दै बजारीकरणमा भने विशेष पहल गरिनुपर्छ, श्रेष्ठले भन्नुभयो, यसमा पोखरा उद्योग वाणिज्य संघले विभिन्न सहयोग गर्दै आएको र भावी समयमा पनि सहयोग गर्ने छ ।’

 

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष हिरा भट्टराईले कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीहरूलाई एकीकृत गरि स्थानीय श्रोत साधनको उपयोग गर्ने हेतुले संघको स्थापना गरिएको बताउनुभयो । संघ जन्माउनु मात्र ठुलो कुरा नभई यसको निरन्तरता मुख्य बिषय रहेको भन्दै महिलाको आवद्दता बढी रहेको संघलाई अवसर सँगै चुनौती पनि उत्तिकै रहेको उहाँले बताउनुभयो । संघको उद्देश्यलाई आधार बनाई अझ सशक्त ढंगले हस्तकला क्षेत्रमा लागि पर्न नवनिर्वाचित कार्यसमितिलाई भट्टराईले शुभकामना समेत दिनुभएको थियो ।

कोभिड–१९ को कारणले गर्दा असहज परिस्थिति सृजना भएको भन्दै आफ्नो ‘उद्यमी आवाज’ नामक स्मारिका तयारी अवस्थामा रहेको संघले जनाएको छ । संघको ‘उद्यमी आवाज’ स्मारिका केही समयपछि औपचारिक कार्यक्रमको आयोजना गरि विमोचन गर्ने समेत जनाइएको छ ।

संघको नवनिर्वाचित अध्यक्ष रामकली खड्काले संघको अवधारणामा सम्बन्धित रहेर कार्य गर्नु नै हस्तकलाको आधार रहेको बताउनुभयो । ‘विभिन्न देशमा हस्तकलाको ग्रासरूटबाट काम गर्ने गरेका छन्, यस क्षेत्रमा आवद्व उद्यमीलाई सरकारीदेखि गैह्रसरकारी संघ संस्थाहरूको साथ आवश्यक छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टराईले आफ्नो एक दशक कार्यकालमा कार्यसमितिमा रही संघ संचालनमा पु¥याएको योगदान स्वरूप सदस्यहरूलाई सम्मान गर्नुभएको थियो ।

संघमा आवद्व कार्यसमिति सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको सो कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष हिरा भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव सीता गुरूङले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...