कोरोना भाइरसबाट मृत्यु हुने एक हजार ८७८ पुगे

काठमाडौं, पुस १९ गते । नेपालमा कोरोना भाइरसका ४२१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार आठ सय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले हालसम्म दुईलाख ६१ हजार ८५९ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गर्नुभयाे ।

हाल पाँच हजार ४८७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ६३७ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५४ हजार ४९४ जना सङ्क्रमित निको भएका छन् । निकाे हुने दर ९७.१९ प्रतिशत रहेकाे छ ।

मन्त्रालयले हालसम्म १९ लाख ४८ हजार ५०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८७८ पुगेको छ ।
हाल ३६७ जना क्वारेन्टिनमा र पाँच हजार ४८७ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...