गण्डकी प्रदेश प्रहरी गतिविधि तथा घटनाहरू

कास्की : सवारी दुर्घटना

मिति २०७७।०९।१९ गते जिल्ला कास्की पोखरा महानगरपालिकावडा नं.३२ तल्लो गगनगौंडा स्थित स्कुल टोलमा ग ९ प ८३४ नं. को मोटरसाईल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ऐ.ऐ.बस्ने वर्ष २४ को कृतिमान गुरुङ घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको,अवस्था मध्यम,घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की : सवारी दुर्घटना

मिति २०७७।०९।१९ गते ०५:१५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ स्थित पृथ्वी यातायात प्रा.लि.को कार्यालय नजिकै जिरोबाट पृथ्वीचोक तर्फ जाँदै गरेको ग १६ प ४५३ नं. को मोटरसाईकललाई ऐ.दिशा तर्फ जाँदै गरेको नं. नखुलेको सेतो रङको कारले ठक्कर दिंदा मोटरसाईकल चालक जिल्ला गोरखा गण्डकी गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला कास्की पोखरा-५ प्रस्याङ बस्ने वर्ष २९ को सन्तोष बराम घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएको, अवस्था मध्ययम, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...