लायन्स क्लव पिस सिभिकको विद्यालयलाई सहयोग

लेखनाथ,पुस २० गते । लायन्स क्लब अफ पोखरा पिस सिभिकले स्कुल सपोट कार्यक्रम अन्तरगत पोखरा–२६ को श्री अमर ज्योती गाउ फर्क माविका विद्यार्थीहरुका लागि कोभिड रोकथामका सामग्री हस्तान्तण गरेको छ ।

कोरना भाईरसका कारण रोकीयको पढाई सुरु भए पछि विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै लायन्स क्लवको अगुवाईमा आईतवार एक कार्यक्रमका विच कोरना भाईरस रोकथमका लागी हात धुने बसेन सहितको पानी टंकी,माक्स,सेनिटाईज र सावुन सहयोग गरेको हो ।

कार्यक्रममा लायन्स क्लव ३२५ वी १ नेपालका ड्रिस्टिक को चिफ एडभाइजर विनोद ढुङगानाले सहयोग सामाग्री हस्तान्त्रण गर्दै विद्यार्थीहरुको अध्यान अध्यापनमा सहज हुने गरि रोकथमका सम्पुर्ण विधिहरु अपनाउनु पर्नेमा जोड दिएका थिए ।

विशम परिस्थीतिबाट गुर्जी रहेको अहिलेको अवस्थालाई ध्यानमा राख्दै संकक्रमणबाट पनि जोगिने र आफना गतिविधीहरुलाई पनि अगाडी वढाउनु पर्ने सुझाव एड्भाइजर ढुगानाको रहेको थियो ।

लायन्स क्लब अफ पोखरा पिस सिभिकका अध्यक्ष किरण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बामदेव ढुगाना, विद्यालयका प्रधानाध्यापक दामोदर सापकोटा, लायन्स क्लब अफ पोखरा पिस सिभिकका सस्थापक अध्यक्ष पवित्रराज तिवारी लगाएतले सामाजिक समस्या निराकणका लागि लायन्स क्लवले अग्रेणी भुमिका खेलेको धारणा राखेका थिए ।

क्लवका सचिव विकास प्रसाद कडेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष रामकृष्ण तिवारीले गरेका थिए भने धन्यवाद ज्ञापन द्धितिय उपाध्यक्ष विनोद भुजेलले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...