गण्डकी प्रदेश प्रहरी गतिविधि तथा घटनाहरू

तनहुँ : मृत अवस्थामाफेला

मिति २०७७।०९।२१ गते अन्दाजी ०८:०० बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका-१२ छिर्कने बस्ने रत्न बहादुर जैसीको श्रीमती वर्ष ४२ की दिपा जैसी आफ्नै घर देखी अन्दाजी १५० मिटर पर  बाटोमा मृत अवस्थामा छ भन्ने स्थानीय मारफत जानकारी प्राप्त हुनासाथ तत्कालै घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

गोरखा : भिरबाट लडि मृत्यु

मिति २०७७।०९।२० गतेराती शहिदलखन थापा गाउँपालिका-७ थापागाँउ नजिकै ऐ.बस्ने वर्ष ७२ को राम बहादुर थापा भिरबाट लडी मृत्यु भएको भन्ने खवर आज मिति २०७७।०९।२१ गते प्राप्त हुनासाथ  तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

कास्की : मृत अवस्थामा फेला

मिति २०७७।०९।२१ गते अन्दाजी १०:१० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-१७ छोरेपाटन स्थित मानवसेवा आश्रममा मिति २०७७।०९।११ गते देखी बस्दै आएको भारतको उत्तराखण्ड घर बताउने वर्ष अन्दाजी ५२ को बावान्याह सन्तोष नाम भएको पुरुष ब्यक्ति मृत अवस्थामा छ भन्ने खबर प्राप्त पश्चात तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

राजेन्द्रबाबु रेग्मी

(प्रहरी नायव उपरीक्षक)

मो.न.: ९८५६०८८०९०/

         ९८५१००६२३३

पोखरा         मिति २०७७।०९।२१गते।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...