मेची महाकाली राष्ट्रिय उद्वार अभियानका अभियन्तालाई पोखरामा स्वागत

पोखरा, पुस २१ गते । मेची महाकाली राष्ट्रिय उद्वार अभियानका अभियन्तालाई पोखरामा स्वागत गरिएको छ । पोखरा महानगरपालिकाले उद्धारमा खटिएका अभियान्ताहरुलाई महानगरमा स्वागत गरेको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले सडक मानव उद्धारमा खटिनु भएका अभियान्ताहरुलाई माला लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले आफना नागरिकको व्यवस्थापनको जिम्मेवारी र दायित्व सरकारको भएपनि मानव सेवा आश्रमले गरेको अभियानमा सहयोगी बन्न पाएको बताउनुभयो ।

उहाँले मानव सेवा आश्रमले विभिन्न कारणले सडकमा आउन बाध्य नागरिकलाई उद्धार गरेर प्रसंसनिय कार्य गरेको बताउनुभयो ।सडक मानव मुक्त मनाउने अभियान सफल बनाउन पोखरा महानगरपालिका संगसंगै रहने उपप्रमुख गुरुङले बताउनुभयो । असहाय, असशक्त, परिवार विहिनहरुको सहारा बनेर मानव सेवा आश्रमले उदारणीय कार्य गरेको बताउदै उहाँले सधै पोखरा महानगरको साथ र सहयोग रहेने प्रतिबद्धता ब्यक्त गर्नुभयो । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष एवं मेची महाकाली अभियानका संयोजक रामजी अधिकारीले कुनै पनि नागरिकले सडक पेटीमा भोकै नाङगै बस्नुपर्ने अवस्थाको अन्त्यका लागि अभियान सुरु गरिको बताउनुभयो ।

उहाँले पुस र माघको जाडोमा कठ्यांग्रिने बेला भएको बताउदै उनीहरुलाई उद्धार गरेर मानव सेवा प्रवद्र्धनमा टेवा पुयाउने काम गरेको बताउनुभयो । उहाँले वि.स. २०७८ सालको अन्त्यसम्म नेपाललाई मानव सडकमुक्त घोषणा गर्ने योजना सहित अभियान सञ्चालन गरिएको बताउनुभयो । बालुवटारबाट प्रधानमन्त्रीले विदाई गरेसंगै विरगंजबाट अभियान सुरु गरिएको जानकारी दिनुभयो । पहिलो दिन झापाबाट ७६ जना सडक मानवको उद्धार गरिएको बताउदै पोखराबाट २२ जना सडक मावन र ९ जना सकड बालबालिकाको उद्धार गरिएको उहाँले बताउनुभयो । पोखरामा उद्धारका लागि पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र मावन सेवा आश्रमका अभियान्ताहरु गरी ४५ बढि जनाको टोलीेले उद्धार गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...