१८ औँ आहा रारा गोल्ड कपबाट १९ लाख बचत

पोखरा, पुस २२ गते । १८ औ संस्करणको आहा रारा गोल्ड कप फुलट प्रतियोगिता २०७६ बाट १९ लाख नाफा भएको छ । आयोजक सहाराल क्लबले बुधबार विज्ञप्ति मार्फत प्रतियोगताको आर्यब्यय सार्वजनीक गदै १८ औ संस्करबाट १८ लाख ९७ हजार ६ सय ५७ रुपियाँ बचत भएको जनाएको हो ।

प्रतियोगिता सम्पन्न भएको दश महिनापछि सहाराले विज्ञप्ति मार्फत आर्यब्यय सार्वजनीक गरेको हो । प्रतियोगिता सम्पन्न भएलगत्तै विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेपछि आर्यब्यय सार्वजनीक गर्न नसकेको बताउदै क्लबले अहिलेपनि कोरोनाकैवीचमा रहेकाले विज्ञप्ति मार्फत आर्य व्यय सार्वजनीक गर्न बाध्य भएको जनाएको छ ।


सहारा क्लबका अध्यक्ष केशबहादुर थापाले जारी गरेको विज्ञप्ति अनुसार प्रतियोगितामा ८८ लाख १० हजार ३ सय ६६ रुपियाँ आम्दानी भएको र ६९ लाख १२ हजार ७ सय ९ रुपियाँ खर्च भएको छ । प्रतियोगितामा टिकटबाट मात्रै २८ लाख ७४ हजर ७० रुपियाँ आम्दानी भएको क्लबले जनाएको छ ।

“खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा स्थापित गरौैं ” भन्ने मुलभूत उद्धेश्यले आयोजना भएको उक्त प्रतियोगिता सम्पन्न गर्न भने ६९ लाख १२ हजार ७ सय ९ रुपैया खर्च भएको क्लवले बुधबार जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ । उक्त प्रतियोगिताको प्रबेश टिकटबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैया संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले बताए ।

 

त्यसै गरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ जहार १ सय ४५ रुपैया आम्दानी भएको उनले जनाए । मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउबाट १२ लाख ५१ ह्जार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेशन कन्सेल्टेनसीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रअरीबाट ३ लाख ५० हजार, सहारा क्लव हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैया लगायतका संघ संस्थाबाट सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

त्यसै गरी प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्च वापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता संचालन तथा व्यबस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, व्यानर कपडा एवं लेखाई खर्च २ लाख ३० हजार, खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्रि खर्च १ लाख ९४ हजार, रेफ्रि यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शिर्शकमा खर्च भएको क्लवका कोषाध्यक्ष राजु लालचनले जनाए ।

 

बचत भएको उक्त रकम क्लवले सहारा एकेडेमीमा रहेका वालवालिकाहरुको लागि खर्च गर्दै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । कोरोनाको कारणले गर्दा अझै पनि केही रकम संकलन हुन बाँकी रहेको जसले गर्दा यस बर्ष आय व्यय ढिलो सार्वजनिक गरिएको क्लवले जनाएको छ ।

 

१८ औ संसकरणको उपाधि मनाङले जितेको थियो । मनाङले पुलिसलाई पेनाल्टी सुटआउमा ४–३ गोलले पराजित गदै उपाधि जितेको हो । मनाङले उपाधिसहित नगद १० लाख १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेता पुलिसले नगद ५ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...