सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौँ, पुस २२ गते । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य र शिष्ट हुन आग्रह गरेको हो ।

“समसामयिक राजनीतिक परिस्थिति एवं अहिलेको संवेदनशील घडीमा राजनीतिक दल÷नेताबाट एकआपसमा लक्षित गर्दै कुनै बैठक तथा सभामा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्शृृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकको मर्यादामासमेत आँच पुग्ने गरी मूल शीर्षक बनाइ, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमबाट प्रचारप्रसार भइरहेको देखिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले ती गतिविधि पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत भएको पनि जनाएको छ । तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानि पु¥याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस् पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने कार्य आचारसंहिता प्रतिकूल हुने काउन्सिलको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, “काउन्सिलले सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु–गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो, यसबाट नै प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न मद्दत पुग्छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...